अर्जुनधारा । फलामको गेटले किचेर झापा अर्जुनधाराका दुई वर्षका बालकको मृत्यु भएको छ ।

अर्जुनधारा–६ का सवनम मस्कराको छोरा शिवयम मस्कराको मावली घरको फलामको गेटले किचेर मृत्यु भएको हो ।

बिहीबार राति ८ बजे आमा श्रेया अग्रवालसँग शिवयम सोही स्थानमा रहेको मामाघरमा पाहुँना गएका थिए ।

मामा ऋषि अग्रवालको घरको गेट खोल्ने क्रममा गेट पल्टेर उनी गम्भीर घाइते भएका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।