बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । 

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको हो । ती टमाटर इलामबाट आयात गरिएको हो ।

कृषि थोकका व्यवसायी मनिष शाहलगायतले आयात गरेको टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दामाथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ ।