झापा । पत्नीको कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।
भोजपुरको साबिक युँ गा.वि.स. वडा नं.–५ स्थायी ठेगाना भई मेचीनगर-११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेका हुन् । श्रीमतीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो । प्रतिवादी राईको नाममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट गत जेठ ३२ गते रेड कर्नर नोटिस जारी भएको थियो । एनसीबी दोहा कतारको सहयोगमा पक्राउ गरी आज उनलाई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
सो सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । राईले २०७८ मङ्सिर ३ गते आफ्नै श्रीमती ४५ वर्षीया सो सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । राईले २०७८ मङ्सिर ३ गते आफ्नै श्रीमती ४५ वर्षीया शर्मिला तामाङ राईलाई हत्या गरेका थिए । त्यसपछि उनी फरार भएका थिए ।























































