हल्दिबारी । झापाको हल्दिबारीको निजी मेडिकलको शौचालयमा शिशु मृत फेला परेको छ । हल्दिबारी–१ गोलधापस्थित द-नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र मृत शिशु फेला हो । 

शिशुलाई शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशङ्कामा ती महिलाको खोजी शुरु गरिएको छ । शनिबार दिउँसो साढे २ बजेतिर क्लिनिकको शौचालयमा शिशु मृत फेला परेको प्रहरीले जनाएको छ । 

सिसिटिभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको हल्दिबारी-१ का वडाध्यक्ष देवी थापाले जानकारी दिए । शिशुलाई शौचालयमा फालेर भाग्ने महिला चाँडै फेला पर्ने उनले बताए ।