बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई लक्षित  गरेर दुई दिने क्षमता अभिबृद्धि तालिम समापन भएको छ । लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा मन्टेश्वरीमा कार्यरत २५ जना शिक्षिक-शिक्षिकालाई दुई दिने तालिम सम्पन्न भएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।Messenger_creation_D11834E9-AEF0-425F-930E-4F891B390E0Dतालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुलाई  प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले सहजीकरण गरेका थिए ।Messenger_creation_5E1AE537-98EA-469C-9FFD-E332F7B786E8मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम केन्द्र ललीतपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीइभिटी रोस्टर बाल विकास तथा आधारभूत तह प्रशिक्षक पराजुलीले जानकारी दिए । समापम कार्यक्रममा प्रशिक्षार्थीहरुले तालीम उपलब्धि मुलक भएको बताए ।