मेचीनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा रास्वपा मेचीनगर सडकमा निस्केका छन् ।BeautyPlus_20241208124135355_saveकालो झण्डा देखाउन राजमार्ग निस्कने रास्वपाको योजनाको स्विको पाएको प्रहरीले मेचीनगर प्रवेश रोडमै रोक्न प्रयास गरेको छ ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीका २ जना डिएसपीसहित झन्डै ३ दर्जनबढी प्रहरीले मुख्य राजमार्ग निस्किने बाटोमै अवरुद्ध गरेको छ । बिरोधका क्रममा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरालाई प्रहरीले नियन्त्रण लिएको छ ।BeautyPlus_20241208120646954_saveसो क्रममा रास्वपाका कार्यकर्ताले शान्तिपूर्ण  नाराबाजी गरेका छन् । 

मेचीनगर-४ को मानव सेवा आश्रमको समउद्घाटन गर्न प्रधानमन्त्री ओलीसहित राधिका ओली आज कार्यक्रमस्थल पुग्ने कार्यक्रम तय गरेको थियो ।