बिर्तामोड । बालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन् । आमा भारतमा छन् ।

आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै बालिकालाई आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक विषय पढिरहेकी थिइन् ।

शिवाकोटीबाट पटक–पटक बलात्कृत भएकी किशोरी कलेजबाट भागेर आमा भएको स्थान भारतको आसाम जान खोज्दा आफन्त नेपालको काँकडभिट्टामा रहेको टोलीले रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा शारीरिक शोषण भएको खुलेको हो ।

आफन्त नेपालले उद्दार गर्दा उनी कलेजको पोसाकमै थिइन् । त्यसपछि प्रहरीमा जाहेरी परेको थियो

आफन्त नेपालको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरीको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ 

उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।