बाहुनडाँगी । काेशी प्रदेश सरकारका खानेपानी, सिचाई तथा उर्जामन्त्री एकराज कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसरकाे खाँचाे भएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण, पहिचान र परिचय पत्र वितरण अभियान अन्तरगत मेचीनगर-१ मा सुरू गरिएको कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथिमन्त्री कार्कीले अपाङ्गतालाई अवसरको खाँचो भएको बताएका हुन् ।
उनका अनुसार ताप्लेजुङ, तेह्थुम र झापामा उक्त कार्यक्रम सुरू गरिएको छ । झापाका ११३ वटा वडामा १४ वटा वडामा उक्त कार्यक्रम सकिएकाे छ । बाँकी रहेकाे ९९ वटा वडा मध्ये आजदेखि मेचीनगर नगरपालिकामा सुरू भएको हाे ।
कार्यक्रममा मन्त्री कार्की, काेशी प्रदेश सभाका सदस्य छवि चुडाल, मेचीनगरका मेयर गाेपालचन्द्र बुढाथोकी, उपमेयर मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मेचीनगरका उपमेयर मीना पाेखरेल उप्रेतीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा करूणा फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल काेइरालाले कार्यक्रमकाे औँचित्यमाथि प्रकाश र सञ्चालन
वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकनश वस्तीले गरेका थिए ।
यसैविच मन्त्री कार्कीलाई वडा नम्बर १ का वडाध्यक्ष रामकुमार राईले वडाका समस्या र याेजनाहरूका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।
स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएका व्यक्तिहरुलाई नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण, जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ ।























































