भद्रपुर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको जिल्ला भेलाले उमेश खरेलको सभापतित्वमा जिल्ला कार्यसमिति र क्षेत्रीय सदस्य मनोनीत गरेको छ । उपसभापतिमा प्रकाश पाठक, सचिबमा शम्भु ढकाल (सुस्केरा) सहसचिवमा भीमबहादुर कुँवर निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यमा पुष्प ढकाल, नरेन्द्र शिवाकोटी, सीता बराइली, लीला खड्का, कमला सुवेदी मनोनीत भएका हुन् ।
त्यसैगरी क्षेत्र नं १ मा दीपक भट्टराई, क्षेत्र नं २ मा दीपक दाहाल, क्षेत्र नं ३ मा लक्ष्मण बस्नेत, क्षेत्र नं ४ मा लीला बस्नेत, क्षेत्र नं ५ म भेषराज भट्टराई मनोनीत भएका हुन् ।
कार्यक्रममा रास्वपा झापाका सह–संयोजक प्रकाश पाठकले पार्टीको सागठानिक प्रतिवेदनबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पार्टीका प्रमुख सचेतक सांसद सन्तोष परियार, सह–प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य ज्वाला संग्रौला, केन्द्रीय सदस्य सांसद निशा डाँगी, उत्पादन तथा प्रबर्द्धन समिति सदस्य बिरोध सुवेदी, प्रदेश महामन्त्री लालविक्रम थापा, कोशी प्रदेश काठमाडौं सम्पर्क प्रमुख राजन दाहाल, केन्द्रीय सहकारी बिभाग सदस्य निरज गौली, केन्द्रीय संगठन बिभाग सदस्य ओमनाथ भण्डारीलगायतले झापाबाट घण्टी उदाएरै छाड्ने बताए ।
बत्ताहरुले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व न्यायाधीश सुशिला कार्कीले समेत अन्याय भएको भन्दा पनि बल मिचाई गरेर अहिलेको सरकारले सभापति रवी लामिछानेलाई हिरासतमा राखिरहेको बताएका छन् ।
कार्यक्रमको सञ्चालन पार्टीका क्षेत्रीय संयोजक शम्भुप्रसाद सुस्केराले गरेका थिए । सोही कार्यक्रममा रक्तदान कार्यक्रम समेत गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गरेको क्षेत्रीय सचिव देव संग्रौलाले जानकारी दिए । भेलाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
रास्वपा झापाका अध्यक्ष उमेश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर सभापति शम्भुप्रसाद भण्डारीले स्वागत गरेका थिए ।























































