बिर्तामोड । बिपन्न समुदायलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आएको `लाइन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी´ले झापाको एक विद्यालयका विद्यार्थीलाई स्वीटर र टोपी बितरण गरेको छ । झापाको हल्दिबारी-२ स्थित श्री नव सृजना प्राथमिक विद्यालयका ६५ जना विद्यार्थीलाई ५० हजारबढी मूल्य पर्ने स्वीटर र टोपी बितरण गरेको हो ।
मंगलबार विद्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक प्रोटोकल चिफ लायन्स सत्यनारायण शर्मा र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्गदेनले कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई उक्त स्बिटर र टोपी लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकाे अध्यक्ष मन्जु उप्रेतीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिबारी जेसीजका संस्थापक अध्यक्ष युनिता दवाडी, नव सृजना प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुबहादुर राई लगायतले जाडोबाट सुरक्षित रहन न्यानो पोशाक बितरण गरेर महान कार्य गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।
सरु भुर्तेल खनालले स्वागत गरेको कार्यक्रममा पुनम घिमिरेले झण्डा अभिवादन र सञ्चालन शिला भट्टराईले गरेकी थिइन् ।























































