झापा । झापासहित पुर्वमा पुसको अन्त्यतिर जाडो बढेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहीँ बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा हुँस्सु तथा कुहिँराे लागेको छ । 

पुर्वमा  ओसिलो र मन्द चिसो हावाका कारण तुसारो पर्ने मौसमको रुपमा देख्न सकिन्छ ।

कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   

बिहीबार पनि कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भाग हल्का हिमपातको सम्भावना रहेको छ ।