मेचीनगर । जंगली हात्तीले झापाको मेचीनगर-११ मा गएराती घर भत्काएको छ । पदम चौलागाईंको घरको दुबैपट्टीको पर्खाल भत्काएर घरभित्र रहेको धान तथा खाद्यान्न नष्ट गरेको छ ।
हात्तीले चौलागाईंको घरको उत्तरपट्टीको पर्खालसहित झ्याल भत्काएर क्षति गरेको हो । छिमेकीले लगाएको तोरीबालीमा आंशिक क्षति पुर्याएको छ ।
एक सातादेखि एकरात बिराउँदै आउने एउटा दाह्रे हात्ती स्थानीयले लगाएको केरा तथा अन्न बाली खाएर नष्ट गर्दै आएको स्थानीय बिनोद मेचे बताए । घर भत्काएपछी स्थानीयले हात्ती धपाएका थिए ।























































