काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट   प्रहरीले लागूऔषाधसहित एउटा गैंडाको खाग जस्तो देखिने वस्तुसमेत बरामद गरेको हो ।
लागूऔषधको कारोबार तथा ओसारपसार बढेको अवस्थामा  प्रहरीले गैंडाको खाग जस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको हो ।
बजारमा रहेको हिमालय गेस्ट हाउसबाट प्रहरीले बुधबार दिउँसो उक्त वस्तुसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
होटलको कोठा नं. १०२ बुकिङ गरी बसेका भारतीय नागरिक नारायण रामधामलाई पनि पक्राउ गरेको छ । उनी वेष्ट बङगालको उत्तर मेन्दाबारीका हुन् ।
लागूऔषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी टोली रामधाम बसेको होटलमा पुगेको थियो । प्रहरीले उनी बसेको कोठाबाट लागूऔषध खैरो हिरोइन, पेभान स्पेस प्लस लेखिएको औषधि र गैंडाको खाग जस्तो देखिने वस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रवक्ता मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । उनका अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।