काठमाडौँ । सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ । आफुलाई सामाजिक अभियानताको रुपमा चिनाउँदै आएकी  तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।