बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज २०२५ को कार्यसमितिले रक्तदान गरेर  बार्षिक कार्यक्रमको सुरुवाती  गरेको छ ।

नयाँ कार्यसमितिले रक्तदानबाट बार्षिक कार्यक्रमको सुभारम्भ गरेको हो ।

`मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो´ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै बुधबार बाहुण्डाँगीमा सम्पन्न गरेको रक्तदानमा ५ जना महिलासहित २५ जनाले रक्तदान गरेको संयोजक रोशन गिरीले जानकारी दिए । 

समितिका कार्यकारिणी उपाध्यक्ष जेसी रोशन गिरीको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा जेसीजको बर्ष २०२५ को सिङ्गो बोर्ड, पुर्व अध्यक्षहरु, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु, नेपाल प्रहरी र जेसीज सदस्यहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बाहुण्डाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।