झापा । सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वार्टरले २४ ओेेैं स्थापना दिवसकाे अवसरमा पत्रकार पुष्प बराललाई सम्मान गरेको छ । झापाका क्रियाशिल सञ्चारकर्मी बराललाई सशस्त्र प्रहरी वल २ नम्बर हेडक्वार्टर झापाका प्रमुख कविन्द्र राईले बुधबार प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको हो ।
बिर्तामोडको रेडियो भिजन र पर्दाफास अनलाईनमा क्रियाशील बराल दुई दशकदेखि पत्रकारिता पेशामा आवद्व छन् । स्थापना दिवसको अवसरमा बरालसहित झापा उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष राजकुमार राई, भद्रपुर नगरपालिका-५ का कार्यबाहक वडाध्यक्ष जेष्ठमल ठाकुर र बाहुण्डाँगीका रत्नबहादुर प्रधानलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
स्थापना दिवसको अवसरमा अमर सहिदका परिवार, स्थापना दिवसका अवसरमा आयोजित फुटबल, भलिबल र टेवलटेनिस प्रतियोगिताका बिजेतालाई सम्मान गरिएको थियो ।























































