झापा । पाथीभरा क्षेत्रमा केवलकारको बिषयलाई लिएर त्यहाँका राजनीति दल र संघर्ष समितिले मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दसहित आन्दोलन घोषणा गरेका छन् । 

मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थासहित सात वटा राजनीतिक दलले आजदेखि यातायात  बन्दको घोषणा गरेका हुन् ।

बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरु चल्न नसकेका हुन् । मेची राजमार्ग भएर इलामतर्फ जाने सवारी साधनलाई स्कर्टिङको व्यवस्था गर्न लागिएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।  प्रहरीका अनुसार फाट्टफुट्टरुपमा साना सवारी साधनहरु संचालन भइरहेको छन् । बिहानै मेची राजमार्गको विभिन्न ठाउँमा बन्दकर्ताहरुले टायर बालेकोमा प्रहरीले त्यसलाई निभाएको छ ।

पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् । 

यसैगरी कुमार लिङ्देन ’मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, धनबहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजिले पनि प्रेस बिज्ञप्ती जारी गर्दै बिभिन्न माग र नारासहित आन्दोलन घोषणा गरेका छन् । 

आन्दोलन शसक्त र शान्तिपूर्ण हुने प्रभावशाली युवा नेता नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभाग प्रमुख एल.बी. पालुङ्वाले बताएका छन् ।