बिर्तामोड । क्यान्सर रोगको उपचारलाई राम्रो बनाउने उद्देश्यले झापामा पहिलो पटक पूर्वाञ्चल क्यान्सर सम्मेलन हुने भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको आयोजनामा फागुन १ गते पत्रकार सम्मेलन गरी फागुन २ र ३ गते सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागितामा सम्मेलनको तयारी गरिएको जानकारी दिइएको हो । सम्मेलनको शुभारम्भ शुक्रबार बिर्तामोडस्थित अस्पतालको सभाहलमै भएको छ । शनिबार र आइतबार मेचीनगरको होटल मेची क्राउनमा विशेष छलफल कार्यक्रम सञ्चालन शुक्रबार बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डक्टर वीरेन्द्र यादवले बताए ।
सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सयजना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाथि व्यापक छलफल हुने डक्टर यादवले जानकारी दिए ।
अन्तर्राष्ट्रियस्तरमै महत्वको सम्मेलन भएकाले स्तन र जिआई क्यान्सरका उदीयमान प्रवृत्तिहरुका विषयमा सम्मेलन केन्द्रित हुने बताइएको छ
सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पिया, बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो























































