मेचीनगर । विद्यालयको पुर्बाधार सुरक्षा र शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले झापाको मेचीनगर-३ बलभद्र आधारभूत विद्यालयले सिसि क्यामारा जडान गरिएको छ । शिक्षा प्रदान गर्ने विद्यालयमा चोरीका घटना बढेसँगै पुर्वविद्यार्थीले बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान गरिएको हो ।
भौतिक पुर्वाधारको संरक्षण र शैक्षिक गुणस्तरमा वृद्धि उत्सुकता देखाएका विद्यालयमा अध्ययत पुर्वविद्यार्थीहरुले आर्थिक संकलन गर्दै १४ वटा सिसि क्यामरा जडान थिए ।
भौतिक पुर्वाधारको संरक्षण र शैक्षिक गुणस्तरमा वृद्धि उत्सुकता देखाएका विद्यालयमा अध्ययत पुर्वविद्यार्थीहरुले आर्थिक संकलन गर्दै १४ वटा सिसि क्यामरा जडान थिए ।२०२६ सालमा स्थापना भएको २०८० सालअघी अध्ययन गरिसकेका पुर्वविद्यार्थीले २ लाख २९ हजार मुल्य बराबरको १४ वटा क्यामारा जडान गरेका हुन् । विद्यालयले एक समारोहका बीच मेचीनगर नगरपालिकाका नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले सिसि क्यामाराको औपचारिक उद्घाटन गरेका हुन् ।
बैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा अभियान सन्चालन गरी उक्त रकम संकलन गरेका थिए ।
बैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा अभियान सन्चालन गरी उक्त रकम संकलन गरेका थिए ।प्रमुख अतिथि भण्डारीले क्यामरा जडान अयिभानमा सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरेका थिए । विदेशमा रहेर सहयोग गरेका उनीहरुले यस ठाउँमा भएका आफ्ना परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । दाताका बुबा-आमा तथा पत्नीलाई सम्मान गरिएको थियो ।
यस अभियानका लागि मायादेवि बलम्पाकी, दिनेश शंकर, मेघनाथ थापा मगर, युवराज लुङ्गेली, सिमान्त थापा मगर, नविन थापा मगर, पवन बलम्पाकी मगर, रुपेश लुङ्गेली मगर, टंक गुर्बाछान मगर, नरेन्द्र राना मगर, हेमन्त लुङ्गेली मगर, रोशन गुर्बाछान मगर, सुबित बलम्पाकी मगर, राजकुमार बलम्पाकी मगर, राकेश बलम्पाकी मगर, अम्बर बलम्पाकी मगरलगायतको परिवारका सदस्यहरुालाई सम्मान गरिएको थियो । 

यसैगरी विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दातालाई पनि सम्मान गरिएको थियो । जसमा मेची उद्योग बाणिज्य संघका सदस्य सन्तोष खवास, बहुवन सामुदायिक वन, जागृति युवा समाज, डाँडागाउँ कार्की गाउँ टोल विकास संस्था, धरधरे एकता समाज, जनहित समावेसी समाज, प्रेम ज्योति धिमाल समाज रहेका छन् । उनीहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थिए ।
त्यसैगरी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि लागिपर्ने १४ जना शिक्षक-शिक्षिकालाई विद्यालय व्यवस्थापन समिति र पूर्वविद्यार्थी समाजले सम्मान गरेको छ ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हर्कबहादुर बस्नेत, मेची उद्योग बाणिज्य सङघका सदस्य सन्तोष खवास, प्रमुख अतिथि भण्डारीले मन्तव्य राखेका थिए । प्रधानाध्यापक निरज पोखरेलले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक देबु बानियाँले गरेका थिए ।























































