मेचीनगर । मेचीनगरबाट प्रकाशित इलेक्ट्रोनिक सञ्चारमाध्यम अनलाइन पोर्टल मेचीनगर अनलाइन डटकम तेस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर-६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको दुईवर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो ।
२०७९ फागुन १४ गतेबाट सुरु भएको अनलाइनको धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले शुभारम्भ गरेका थिए । खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई मध्येनजरमा राखेर सञ्चालन गरिएको मेचीनगर अनलाइन छोटो समयमा धेरै पाठकहरुको अपार माया जित्न सफल भएको सम्पादक तथा प्रकाशक अर्जुन कार्कीले जानकारी दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको परिकल्पना, स्वास्थ्य, शिक्षा, विकास, खेलकुद, समाजमा हुने विकृति, विसंगती र भ्रष्टचार विरुद्ध निरन्तर खवरदारी गर्ने अभियान निरन्तर रहेको सम्पादक कार्कीको भनाई छ ।