झापा । झापा जिल्ला सहकारी संघको खुल्ला उपाध्यक्षमा नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन् । उनी मेची सहकारीका अध्यक्ष हुन् ।
संघको आज भएको निर्वाचनमा भट्टराईले ११९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी डिल्ली दाहालले १०६ मत प्राप्त गरे ।
यसैगरी सचिवमा भानु दंगाल १५० मत प्राप्त गरी विजयी बन्दा उनका प्रतिष्पर्धी युवराज गिरीले ६७ मत प्राप्त गरे । सहसचिवमा टसबहादुर प्रधान १७१ मत प्राप्त गरी विजयी बन्दा उनका प्रतिष्पर्धी विनोद ढकालले ५९ मत प्राप्त गरेको झापा जिल्ला सहकारी संघका निर्वाचन अधिकृत विपी भट्टराईले जानकारी दिए ।
संघको लेखा समिति संयोजकमा चुुडामणि ओझा १६३ मत प्राप्त गरी विजयी बन्दा उनका प्रतिष्पर्धी खडानन्द गुरागाईंले ६१ मत प्राप्त गरेका छन्।
खुल्ला सदस्यमा काँशीनाथ घिमिरे, प्रेमसागर सापकोटा र नारायण गौतम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । झापा जिल्ला सहकारी संघको अध्यक्षमा प्रेम कोइराला लगायतका अन्य पदाधिकारी सदस्य भने यसअघि नै सर्वसम्मत भएका छन् ।