झापा । शिवसताक्षीमा सञ्चालित फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
शनिबार बिहान अन्दाजी २ः४० बजे शिवसताक्षी नगरपालिका-५ आमबारी बस्ने घुरण साहको काठ फर्निचर उद्योगमा अचानक आगलागी भएको हो ।
आगलागीबाट फर्निचरभित्र रहेको औजार, सखुवाको काठ र फर्निचरको तयारी सामानहरू जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।
उक्त आगो स्थानीयवासी, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली र शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा बिहान ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।























































