एजेन्सी । भारत-पाकिस्तानबीच युद्ध चर्किएको छ । गयराती भारतले पाकिस्तानी ९ क्षेप्यास्त्र हानेको दाबी गरेको छ  पाकिस्तानले भारतीय पाँच जेट खसालेको दाबी गरेको छ। Screenshot_2025-05-07-10-58-01-725_com.facebook.katana-edit 1

‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान–जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् । 

हालसम्म भारतका २६ जना र पाकिस्तानको ३० जनाको ज्यान गएको दाबी गरेका छन् ।

यद्यपि भारतको प्रेस सूचनाScreenshot_2025-05-07-11-00-07-524_com.facebook.katana-edit ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ । 

सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।