काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले संस्थापक अध्यक्ष रबि लामिछाने उचित न्याय पाउने दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मेचीनगरमा सम्पन्न प्रथम अधिवेशनको उद्घाटनपछी प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष अर्यालले लामिछानेले गल्ती नगरेकाले न्याय पाउने उल्लेख गरेका हुन् । तर, न्याय पाउने आशमा अन्यायमात्रै देख्नुपरेको उल्लेख अर्यालले भने, `रबिले गल्ति नै गरेको छैन, त्यसैले उ अन्यायमा पर्नु हुँदैन ।´
उनले `मिसन-८४´लाई दुरुपयोग गरेको आरोप लगाए । सुदुरपश्चिमको धनगढीबाट रास्वपाले
`मिसन-८४´ यात्रा सुरु गरेको हो । तर, अन्य दलले त्यसलाई `मिसन-८४´ भन्दै दुरुपयोग गरेको उनको भनाई थियो । अर्यालले नयाँ पुस्ताको आशा र भरोसा बनेर रास्वपा अघि बड्दै आएकोसमेत उल्लेख गरे ।
`मिसन-८४´ यात्रा सुरु गरेको हो । तर, अन्य दलले त्यसलाई `मिसन-८४´ भन्दै दुरुपयोग गरेको उनको भनाई थियो । अर्यालले नयाँ पुस्ताको आशा र भरोसा बनेर रास्वपा अघि बड्दै आएकोसमेत उल्लेख गरे ।कार्यक्रममा रास्वपाकी नेतृ एबम् संघीय सांसद डा.तोसिमा कार्कीले ३३ वर्षको लामो राजनीति गर्ने अन्य दलले देश सकाउने राजनीति गरेको आरोप लगाइन् । रास्वपाले अढाई वर्षमै देश बनाउने राजनीति गरेको उनको भनाई थियो । फोहोरी राजनीतिकै कारण नयाँ पुस्ता राजनीतिमा आउन नचाहेको बताउँदै उनले अब फोहोरी दलमा होइन राम्रो र सबै पढेलेखेका शिक्षित
वर्ग, बुद्धिजीवी, महिलाहरुले एक पटक परिश्रम, मेहनत र त्यग गरेर समृद्धि नेपाल बनाउन आग्रह गरिन् ।
वर्ग, बुद्धिजीवी, महिलाहरुले एक पटक परिश्रम, मेहनत र त्यग गरेर समृद्धि नेपाल बनाउन आग्रह गरिन् ।केन्द्रिय सदस्य एबम् प्रभावशाली नेता रमेश प्रसाईंले समस्यै समस्या झेल्दै आएका मेचीनगरका नागरिकले पाएको सास्तीप्रती सांसद बिश्वप्रकाश शर्मालाई पीडाबोध नभएको उल्लेख गरे । हात्ती, सुकुम्बासीको समस्या देखाएर भोट माग्ने आधार बनाएको आरोप लगाएका थिए ।

उनले भन्सारबाट रक्तचन्दन तस्करी गरेपनी शर्माले रातो काठ रहेछ भनेर छुटाउने गरेको आरोप लगाएका थिए ।
ज्वाला सग्रौला केन्द्रिय सदस्य, कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारी, झापाका कार्यवाहक सभापति प्रकाश पाठक, जिल्ला सहसचिव भीम कुँवरलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा मेचीनगरमा विभिन्न राजनीति दल परित्याग गरेर ५ सयबढी रास्वपामा प्रवेश गरेका थिए ।
कमल गौतमको सभापतित्वमा सम्पन्न अधिवेशनमा स्वागत असिम दाहालले र सञ्चालन प्रेम घिमिरेले गरेका थिए ।























































