बुढानिलकण्ठ । मुर्ति र चित्रकला क्षेत्रलाई प्रवर्द्धन, संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले  बुढानिलकण्ठ वडा नम्बर-२ स्थित भंगालमा पहिलो पटक `आर्ट ग्यालोरी´कला सेन्टरको स्थापना गरिएको छ ।
आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर प्रसिद्ध कलाकार श्यामकृष्ण श्रेष्ठले `क्रिएटिङ स्कुप्चर प्रालि´ले पहिलो पटक `आर्ट ग्यालोरी´ स्थापनापछि उद्घाटनको तयारी गरिएको हो ।
स्थानीय कलाका पारखीमध्ये उदयमान मुर्तिकार तथा कलाकारलाई स्वागत तथा कलाका क्षेत्रमा प्रसिद्ध हासिल गरेका अग्रज कलाकारहरुलाई शनिबार आयोजित कार्यक्रममा सम्मान गर्ने तयारी गरिएको प्रोपाइटर श्रेष्ठले बताए ।
कला क्षेत्रको दुनियाँमा `क्रिएटिङ स्कुप्चर´ बिधिबाट पहिलो पटक स्थापना गरिएको प्रालिको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको बाहुलीबाट हुने तयारी गरिएको छ ।
करिव १० लाखबढीको लागतमा स्थापना गरिएको उक्त `आर्ट ग्यालोरी´ कला सेन्टरमा कला सिक्न आउनेलाई विशेष छुटको ब्यवस्था गरिएको बताइएको छ ।
आर्ट ग्यालरी ललितकला हो ।  नेपालमा पनि ललितकलाका क्षेत्रमा राम्रो सम्भावना र अवसर रहेका छन् । धेरै कलाका पारखीले जीवन निर्वित्त कला क्षेत्रमै कर्म क्षेत्र  बनाएका छन् ।