चारआली । हातेमालो सामुदायिक वन उपभोक्ता समुहले आयोजना गतेको एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा दुईसयबढीले सेवा लिएका छन् ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत वनको आयोजना तथा पुर्वान्चल मनमोहन अस्पतालको डाक्टर र प्राबिधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा नशा तथा हाडजोर्नी, स्त्रीरोग, मुटु तथा सुगर प्रेसरको लगायतका रोग विशेषज्ञ डाक्टरले चेकजाँच गरेका थिए । चेकजाँचपछि जटिल रोगका लागि मनमोहन अस्पताल रेफर गरिएको सहभागी डाक्टरले बताए ।
वनका ३ हजारबढी उपभोक्तालाई सुसूचित गरेपनी एक सय पचासबढी सर्वसाधारण सेवा लिइएका थिए ।
शिविरअघि समुहका अध्यक्ष चन्द्र सिग्देलको अध्यक्षक्षता तथा मेचीनगर वडा-१३ का अध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मेचीनगर वडा-१३ का अध्यक्ष कृष्णराज सिग्देल, वनका सुधीरकुमार शिवाकोटी र अस्पताल ब्यवस्थापन समितिका कोषाध्यक्ष बुद्धिमान भट्टराईले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन यमकान्त प्याकुरेलले ब्ल्गरेका थिए।






















































