चारआली । नेतृत्व विकास र व्यक्तित्व निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले चारआली जेसीसले नेपालका केन्द्रिय बौद्धिक तथा राजनीतिक बिज्ञसँग शनिबार `विशेष गोष्ठी´ कार्यक्रमको आयोजना गरेको छ ।
गोष्ठीमा विभिन्न क्षेत्रका विज्ञहरूबाट नेतृत्वका विविध आयामहरूमाथि गहन छलफल, धारणा र प्रस्तुति गरिने कार्यक्रम तय गरिएको चारआली जेसीसका संस्थापक अध्यक्ष बिष्णुप्रसाद रिमालले जानकारी दिए ।
धुलावारी टाउनहलमा आयोजित गोष्ठीको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको प्रमुख अतिथ्यतामा उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ ।
गोष्ठीमा नेपालको समसामयिक राजनीति, बैचारिक, कानुनी र नयाँ पुस्तामा छाएको निराशालाई वक्ताहरु प्रतिनिधि सभा सदस्य संघीय सांसदद्वय योगेश भट्टराई र मनिस झा तथा २०१८ राष्ट्रिय अध्यक्ष नेपाल जेसीजका सिनेटर श्रीधर बस्याल र हिमालय टेलिभिजन सम्पादक राजेन्द्र बानियाँ
रहेको चारआली जेसीस २०२५ का अध्यक्ष सुजुप सुवेदीले जानकारी दिए ।