बिर्तामोड ।  झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । तीन दिनअघि मेचीनगर-९ का ४३ वर्षीय पुरुषलाई कोरोना देखिएको छ । ती तीनैजनालाई आइसोलेसनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
नयाँ भेरिएन्टले कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका वडा नं १० फिक्कल बस्ने ४९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको त्यहाँको जनस्वास्थ्य कार्यालयले पुष्टी गरेको छ ।