बिर्तामोड । झापाको बिर्तामोड-१० मा पर्ने सडक किनारमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन् । बिर्तामोड-१० समावेशी टोलस्थित कच्ची सडकको किनारामा ४० वर्षीय नरप्रसाद अधिकारी मृत फेला परेका हुन् ।
पाँचथर हिलेहाङ गाउँपालिका-५ घर भइ बिर्तामोडमा बस्दैआएका अधिकारीको वेवारिसे अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
कन्चचनजंघा बोर्डिङ स्कुलमा केही समयअघि बस चालक रुपमा कार्यरत भएको प्रहरीले जनाएको छ । केहिसमय मादक पदार्थ सेवन गरी हिडडुल गर्ने गरेको प्रहरीको अनुसन्धान बताइएको छ ।
मृतकको आफन्तको खोजी भइरहेको र सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।























































