झापा । आज हरितालिका तीजको अघिल्लो दिन । आजको दर खाने दिन हो । हिन्दू धर्मालम्बीहरुले विभिन्न परिकारको दर खाएर मनाइँदै छ । दर खाने दिन विवाहित महिलाहरु आफ्नो जन्म घर वा माइत पुगेर सहपरिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । 
दर खाएर उत्सव झैं नृत्य तथा सांगीतिक कार्यक्रम गरेर उत्साह तथा उमड्गले मनाइने गरिन्छ भने दर खाने दिनको भोलिपल्ट तीजको दिनको रुपमा मनाइने चलन छ । परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।

तीज वा हरितालिका  

हरितालिका हरीत या हरण गर्नु । आलीका सखि । कैलाशमा बस्ने जट्टाधारी भगवान भोले बाबाले आफुसँग विवाह नगर्ला की भनेर पार्वतीलाई डर थियो । भोले बाबालाई प्राप्त गर्न सकूं भनेर कठोर पानी पनि नखाई निराहार व्रत बस्न परम्परा अपनाएकी थिइन् । त्ससवेला आफ्नै सखीहरुले वनमा लागेर पानी पनी नखाई निराहार बसे परम्परा अपनाएकी थिइन् । पर्वतीले भोलेबाबालाई प्राप्त गर्न सफल भएकी थिइन् ।  

पूजाआजा पछि महिला र पुरुषहरु भेला भएर तीजको गीत गाउँदै नाच्ने चलन पनि छ ।
। भोलिपल्ट निराहार ब्रतका लागि अघिल्लो दिन नै शरीरलाई दर्विलो र दह्रो बनाउन  साँझ पूर्ण पौष्टिक तत्वले भएको खानेकुरा खाने र खुवाइने चलन छ ।
हरितालिका तीजको अघिल्लो दिन एक दिन मात्र दरखाने परम्परा रहेपनि देशभरका गाउँ, टोल, शहर तथा संघसंस्थाहरुले दर कार्याक्रम आयोजना गरी एक महिना अघिदेखि नै दर खाने र खुवाउदै आएको छ ।
आज दरखाने दिनदेखि तीजको रौनक सुरु हुन्छ । पहिलो दिन आज सोमबार व्रतालु महिलाले दर खान्छन् भने दोस्रो दिन मंगलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।