मेचीनगर । रोटरी क्लब अफ मेचीनगरकाे आयाेजनामा "सर्पदंश रोकथाम सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम" सम्पन्न भएको छ । झापाको धुलाबारी माबिमा आयाेजित कार्यक्रममा सर्पदंश केन्द्र श्री नं २१ फिल्ड एम्बुलेन्स गुल्म चारआली व्यारेककाे प्राविधिक सहयोग रहेको थियोे ।
क्लवकी अध्यक्ष शर्मिला पाठककाे अध्यक्षतामा भएको कार्यक्रम लेफिट्नेन्ट डा. आश्मा डंगाेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलाबारी माबिका का.बा प्रअ तेज प्रसाद चाैलागाई,संयाेजक दिनेश शाक्य, राेटरियान ऋषि तिम्सिना, सहजकर्ता जाेसना बुढाथोकी लगायतले सर्पदंश राेकथाम सम्बन्धि सचेतना मुलक कार्यक्रमकाे प्रशंसा गरेका थिए । २ सय ५० बढी बिधार्थी सहभागी रहेकाे कार्यक्रमकाे बारेमा अध्यक्ष पाठकले प्रष्ट पार्नु भएको थियोे । कार्यक्रममा सर्पदंशबारे चेतना मुलक जानकारी श्री न २१ उपसेनानी लेफ्टीनेट डा. आष्मा डंगाेल, वारेन्ट अफिसर रामबहादुर दाहालले सहजीकरण गरेका थिए । सचेतना मुलक कार्यक्रममा धुलाबारी माबिका बिधार्थीहरु, NCCN, रेडक्रस ,स्काउट, बाल क्लवका करिब २ सय ५० बढी सहभागी रहेका थिए । कार्यक्रमकै बीच १५ मिनेटकाे सर्पदंश सम्बन्धि डकुमेन्ट्री समेत प्रस्तुत गरिएको कार्यकाे सञ्चालन पवित्रा प्रसाइले गरेकी थिइन् ।























































