झापा । ‘मिस कसमो २०२५’ को उपाधि दीपशिखा नेपालले जितेकी छन्। बिजेता नेपाल झापा अर्जुनधारा–१ निवासी हुन् ।राजधानीमा सम्पन्न ‘मिस नेपाल–२०२५’ को ग्राण्ड फिनालेमा उनले यसै प्रतियोगितामा ‘मिस इम्पावर्ड च्वाइस’ उपाधि पनि हात पार्दै दोहोरो सफलता हासिल गरेकी हुन्।
‘द हिडन ट्रेजर’ले आयोजना गरेको मिस नेपाल–२०२५ मा यसपटक लुना लुइँटेल ‘मिस नेपाल वर्ल्ड २०२५’ बनेकी छन् भने उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेशनल २०२५’ र सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ घोषित भएकी छन्।
सहविधातर्फ ‘मिस ग्रीन भिजनरी’ जगदिश्वरी शाह, ‘मिस कन्फिडेन्ट’ प्रज्ञिका क्षेत्री, ‘मिस टाइमलेस एलिगेन्स’ र ‘मिस पपुलर च्वाइस’ उरुषा भण्डारीले जितिन्। त्यस्तै ‘मिस ब्यूटिफूल हेयर’ साइच्छा थापा, ‘मिस हेल्दी स्किन’ आरती थापा र ‘मिस प्रिस्टिन’ प्रियंका थापाले हात पारे।
विजेतामध्ये लुना लुइँटेललाई ‘मिस डिएचआई’ पनि प्रदान गरिएको थियो। स्मृति श्रेष्ठले भने ‘फेस अफ दि इयर’ र ‘मिस फोटोजेनिक’ दुवै उपाधि जितेकी छन्।
झापाकी दीपशिखा नेपालले राष्ट्रिय स्तरको यस सौन्दर्य प्रतियोगितामा दुई–दुई उपाधि जित्दै स्थानीय समुदायलाई गर्व महसुस गराएकी छन्।




















































