धुलाबारी । स्थानीय युवालाई खेल क्षेत्र प्रोत्साहन गर्न झापाको मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ‘त्रिवेणी च्यालेन्ज कप–२०८२’ आयोजना गरेको छ ।
त्रिवेणी युवा क्लबले ज्यामिरगढीले आफ्नो ठाउँको पहिचान र युवालाई प्रोत्साहन गर्न आगामी असोज ३ गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रणीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार समक्ष जानकारी दिइएको छ ।
प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी ८ टिम वटा फुटबल टिमको सहभागिता रहने क्लबका अध्यक्ष विदुरसिंह खवासले जानकारी दिए । उनका अनुसार आयोजक त्रिवेणी युवा क्लब, मानेभन्ज्याङ दार्जिलिङ (भारत), झापा एफसी, ब्रदर एफसी, बेलबारी फुटबल क्लब, सैनिक फुटबल क्लब, रेडहर्स इलाम र युकेएफसी कर्सङ (भारत) गरी ८ टिमको सहभागिता रहने क्लबका सचिव मनिष गहतराजले बताए ।
प्रतियोगिता विजेताले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष खवासले बताए । प्रतियोगिता सञ्चालन गर्न आयोजकले २० लाख ९७ हजार रकम खर्च हुने अनुमान गरेको छ । उद्योगी–व्यवसायी, कलकारखना सञ्चालक, वडा कार्यालय, नगरपालिकालगायतसँग सहयोग संकलनबाट प्रतियोगिता संचालन गरिने आयोजकको भनाई छ ।
२०५३ मा स्थापना भएर खेल क्रियाकलापमा सक्रिय क्लबले यसअघि पनि खेलका विविध प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई मेचीनगर–१५ वडा कार्यालयले एक लाख रुपैयाँ सहयोग गर्ने वडाध्यक्ष गुणराज भट्टराईले बताए ।