काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । प्रहरीको गोली लागेर नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो । यद्यपि आन्दोलन रोकिएको छैन ।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।
दमकमा घाइतेको चिन्ताजनक अवस्थामा रेफर गरियो छ ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ ।
अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार देब्रे खुट्टामा गोली लागेर अस्पताल ल्याइएका २६ वर्षीय युवकको अवस्था गम्भिर भएपछि बिएण्डसी अस्पताल रिफर गरिएको हो ।
झापा उनका अनुसार थप दुई जनाको भने दमक अस्पतालमै उपचार भइरहेको छ । अन्य घाइते पनि आउने क्रम जारी रहेको उनले बताए । जेनजी आन्दोलनका कारण तनावग्रस्त बनेको दमकमा अझै धेरै प्रदर्शनकारीहरु घाइते भएको आँकलन छ ।
दमकको अवस्था अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समय सशस्त्र प्रहरीसहित थप प्रहरी परिचालन गरेर यहाँ स्थिती नियन्त्रण लिने प्रयास भइरहेको छ
।




















































