विर्तामोड । जेनजीको प्रदर्शनीका क्रममा प्रहरीले हानेका गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसंगको झडपमा प्रहरीले गोली चलाएको थियो ।

सो गोली लागेर अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

प्रहरीसँगको झडपमा परी बिर्तामोडमा करिव दुई दर्जन घाइते भएका छन् । उनीहरुको बीएण्डसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।