झापा । अतिआवश्यक कामबीना घर बाहिर ननिस्किन नेपाली सेनाले निर्देशन गरेको छ । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना गरेपछि नेपाली सेनाले आवश्यक कामबाहेक घरबाहिर ननिस्किन निर्देशन दिएको हो । सेनाले लुटपाटमा संलग्न २१ जना पक्राउ गरेको छ ।
नेपाली सेनाले मुख्य सडक नियन्त्रणमा लिएको
छ । घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरुलाई सेनाले विना काम बाहिर
ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरुलाई
भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।
काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु ९राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका० बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
गएरातिदेखि नै नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको जनाएको छ । देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा खबर गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ । नेपाली सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप र भाइबरमा म्यासेज गरेर गर्न सकिने छ ।























































