बिर्तामोड । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी संरचना पुर्ननिर्माणका लागि बिर्तामोडका युवा व्यवसायी प्रकाश शिवाकोटीले आर्थिक सहयोग गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको भवन पुर्ननिर्माणका लागि अलस्का अटोमोवाइल्स प्रा.लि.का सञ्चालक शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका हुन् ।

उद्योग वाणिज्य संघ कोशीका सदस्य तथा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष समेत रहेका शिवाकोटीले आज भवन पुर्ननिर्माण अभियानमा सक्रिय युवा पदम श्रेष्ट, रमेश चौधर र विपिन बजगाईं लगायतको टोलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।