काँकरभिट्टा । महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा झापाली श्रष्टाहरुले काँकरभिट्टामा कविता प्रस्तुत गरेका छन् ।
सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टास्थित देवकोटा पार्कमा देबकोटाको सम्झनास्वरुप कविता बाचन गरिएको हो । सुसेली साहित्यिक  परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा लेखक रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हरिप्रसाद न्यौपाने, देशु वनेम, चित्रा पौडेल, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद दाहाल, हरिनारायण भट्टराई, मीना अधिकारी र जय भण्डारीले आफ्ना कविता रचना बाचन गरेका थिए ।
परिवारका सचिव कनक कार्कीले सञ्चालन गरेको कार्यक्रम देवकोटाको व्यक्तित्व र कृतित्व बारे चर्चा गरिएको थियो ।