झापा । प्रेस क्लव मेचीनगरले आगामी पुस २७ र २८ गते झापाको काँकरभिट्टा खेल मैदानमा आयोजना गर्ने इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२ को तयारी तीब्र बनाएको छ । नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२’  नजिकिएसँगै तयारी तिब्र पारिएको हो ।Screenshot_2026-01-06-20-17-53-055_com.gallery.player-edit
प्रतियोगिताको तयारी अन्तरगत खेल तालिकासहित सहभागी टीमको नाम सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच सोमबार नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खेलको तालिका सार्वजनिक गरेका हुन् । यसअघि खेल सम्बद्ध संघसंस्थासमक्ष अन्तरक्रिया गरेको आयोजक संस्था प्रेस क्बल मेचीनगरले गत मंगलबार नेपाल भारत देशको झण्डा, नेपालको धार्मिक पर्यटकीय क्षेत्रको तस्वीर समावेश गरिएको फुटवलसहित लोगो सार्वजनिक गरेको थियो ।FB_IMG_1767670879246
खेल सम्पन्न गर्नका लागि विभिन्न संघसंस्थाहरुले आयोजकसँग सम्झौता समेत गर्दै आएको छ । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ । नगर खेलकुद विकास समिति मुख्य सहयोगी रहेका छन् भने दर्जनौं सामाजिक तथा व्यवसायिक संघसंस्थाले प्रायोजक, सहप्रयोजक तथा आर्थिक सहयोग पुर्याउँदै आएका खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए । Screenshot_2026-01-06-20-18-35-309_com.miui.gallery-edit
प्रतियोगितामा नेपालका तर्फबाट मेचीनगर, भद्रपुर, बुद्धशान्ति, कनकाई, अर्जुनधारा र दमकको प्रेस क्लव प्रतियोगितामा भिड्ने छन् भने भारतको दार्जीलिङको तराई प्रेस क्लव र टिम इन्डियाले प्रतिष्पर्धा गर्ने तय गरिएको आयोजक क्लबका सचिव प्रविन अधिकारी भनाई छ ।
नेपाल र भारतका गरी आठ वटा प्रेस क्लबले सहभागिता जनाउने प्रतियोगितामा आठ लाख २० हजार रुपैयाँ खर्चको अनुमान गरिएको छ । पुस २७ गते उद्घाटनसहित अधिकांश खेल हुने र २८ गते सेमी फाइनल र फाइनल खेलको तयारी गरिएको छ । मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाण पत्रसहित पुरस्कृत गरिने प्रेस क्लव मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतियोगितामा पत्रकारलाई मात्रै समावेश गर्न सम्बन्धित प्रेस क्लबलाई सूचित गरिएको आयोजकले जनाएको छ ।