मेचीनगर । प्रेस क्लब मेचीनगरद्वारा आयोजित `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´सुरु भएको छ । आज झापाको काँकरभिट्टा क्याम्पसको खेल मैदानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले ब्यानर बाचन गरेर उद्घाटन गरेपछि खेल सुरु भएको हो।received_25546348515025923
उद्घाटनपछि सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसदले नेपाल र भारतका पत्रकारलाई चिनाउँदै पर्यटन प्रवर्द्धन गर्नुका साथै नमूनाको रुपमा मिडिया कप शुरु गरेकोप्रती आयोजकको प्रशंसा गरेका थिए ।
उद्घाटन कार्यक्रममा मेचीनगरका सामाजिक शाखा संयोजक हृदय राजबशी, मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासघ झापाका उपाध्यक्ष सुब्रत न्योपाने, एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, सचिब सागर ओली  अग्रज पत्रकार माधव बिद्रोही, प्रेस क्लब मेचीनगरका सस्थापक अध्यक्ष सन्तोष आचार्य लगायतको आतिथ्यता औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।received_1585357772618432
प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा खगेन्द्र घिमिरेले स्वागत र प्रबिण अधिकारीको सञ्चालन रहेको थियो।
`इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´ प्रतियोगिता अन्तरगत पहिलो दिन चार वटा खेल सम्पन्न गरेको छ । प्रेस क्लब भद्रपुर-अर्जुनधारा प्रेस क्लबबीचको पहिलो खेलमा ३/१ गोल अन्तरले प्रेस क्लब भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।received_1362701121852133त्यसैगरी आयोजक संस्था मेचीनगर प्रेस क्लब र सुरुङा प्रेस क्लबबीच भएको प्रतियोगितामा ३/१ गोल अन्तरले प्रेस क्लब मेचीनगरले सेमिफाइनलको यात्रा तय गरेको छ ।  खेलमा दुई गोल गर्ने पत्रकार युवराज आचार्यलाई म्यान अफ दि म्याच प्रदान गरिएको छ ।
त्यस्तै तराई प्रेस क्लब भारत र प्रेस क्लब दमकबीच सम्पन्न अर्को खेलमा १/० गोल गर्दै तराई प्रेस क्लब दार्जिलिङले जीत हासिल गरेको छ । टिम इण्डिया र बुद्धशान्ति प्रेस क्लब बीचको खेलमा २/० गोल गर्दै बुद्धशान्ति प्रेस क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । भोलि सोमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ ।IMG_20260111_100846
नेपाल र भारतका पत्रकारबीच आपसी सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक  ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप–२०८२’  आयोजना गरिएको हो ।
मिडिया कपको विजेताले नगद ५० हजारसहित ट्रफी, शिल्ड तथा प्रमाण पत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, ट्रफी, शिल्ड तथा प्रमाण पत्र र अन्य बिधामा समेत प्रोत्साहन स्वरुप पुरस्कृत हुनेछन् ।