झापा । आज माघे संक्रान्ति। धेरैजसो नेपाली समुदायले यस दिनलाई विशेष रूपमा मनाउँछन् । हिन्दू धर्मावलम्बीले माघे संक्रान्ति मनाइरहँदा थारू समुदाय नयाँ वर्षको रूपमा माघी पर्व मनाउने चलन छ । काठमाडौं उपत्यकाको नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’मा मनाउँने गरिन्छ । माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो । मगर समुदायमा समेत आजको दिनमा चेलिबेटी पुज्ने गरिन्छ । माघे संक्रान्तिमा चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ। पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाएर खाइन्छ । यो पुर्वको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित कन्काई नदीमा मकर स्नान गर्ने प्रचलन छ । विभिन्न देशबाट स्नान गर्न कन्काई नदीमा आउने गर्दछन् । कन्काई नदीमा यो पटक मकर मेलाको आयोजना गरिएको छ ।