मेचीनगर । मेचीनगर लेडी जेसीजकाे पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ । १२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलले वर्ष २०२६ की अध्यक्ष श्रेष्ठलाई चेनसहित पद हस्तान्तरण गरेकी थिइन् । शनिबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना भएको लेडी जेसीजको उनले पदभार समालेकी हुन् । श्रेष्ठलाई यसअघि बार्षिक साधारण सभा तथा शाखा अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
सभाले कार्यकारिणी उपाध्यक्षमा शर्मिला दाहाल तिम्सिना र नविना डाँगी, उपाध्यक्षहरुमा प्रमिला ओली, तेजकुमारी घिमिरे, सोनिका भट्टराई र सृजना घिमिरेलाई चयन गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, वर्ष २०२५ की अध्यक्ष सविता पोखरेल, वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठ, समाजसेवी शुभद्रा भट्टराई अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
वर्ष २०२५ की महासचिव शर्मिला तिम्सिना र पूर्व अध्यक्ष उषा श्रेष्ठले सञ्चालन तथा कार्यकारीणी उपाध्यक्ष सुनिता कोइरालाले स्वागत गरेकी थिइन् ।























































