ताजा
X

होटल रिक्रिएशन निर्माणाधीन अवस्थामै बिवादमा: ठेगाना र निर्माणस्थल फरक-फरक

alt
मेचीनगर । निर्माणाधीन अवस्थामा रहेको `रोयल रिक्रिएशन नेपाल प्रा.लि´को वातावरण प्रभाव मुल्यांकन प्रतिवेदनको माग गर्दै त्यहाँका युवाले तत्काल निर्माणको काम ठप्प बनाएका छन्।
प्रालिले पाँचतारे होटल सञ्चालनका लागि सूचना बोर्ड र वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक नै नगरी निर्माण सुरु गरेको पाएपछि युवाहरुले उक्त दुबै माग गर्दै निर्माण ठप्प बनाएका हुन् । यसअघि आइतबार मेचीनगर-१४ ले होटल सञ्चालकको मुद्दाको फैसला नआइन्जल निर्माण बन्द गर्न त्यहाँको प्रगति टोल र पाथीभरा टोललाई सिफारिस दिएको थियो ।Screenshot_20260323_143409_Gallery
टोलका अध्यक्षद्वयले होटलका सुपरभाइजर प्रकाश तिमल्सिङलाई वडाको सिफारिस पत्र बुझाएका थिए । स्थानीय तहले निर्माण रोक्न गरेको आग्रहलाई अटेर गर्दै निर्माणको काम जारी गरेपछि युवाहरुले होटल सञ्चालक र निर्माण ब्यवसायीसँग सोमबार (आज) छलफल गरेको छ ।
छलफलमा होटल रोयल रिक्रिएसन नेपालको वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, प्रालिका सञ्चालकको मुद्दाको किनार नलागेसम्म निर्माण बन्द गर्नुपर्ने, हडिया खोलाको अतिक्रमित जमिनको वास्तविक सत्यतथ्य बाहिर ल्याउनुपर्ने र सार्वजनिक बाटोको निकास दिनुपर्नेलगायतका माग छलफलमा राखेका थिए । Screenshot_20260323_144436_VN - Video Editor
उक्त बिषयमा उठेका प्रश्नको बारेमा होटल ब्यवसायी प्रदीप मित्तलका छोरा रिसर्भ मित्तल र निर्माण ब्यवसायी छिरिङ शेर्पाले जवाफ दिएका थिए । जसमा सम्बन्धित ब्यवसायी प्रदीप मित्तल अभियोगमा परेका कारण सबै बिषय प्रष्टसँग छोरालाई जानकारी नभएकाले तत्काल निर्माणको सबै काम बन्द गर्ने निर्णय गरेको हो । वडा कार्यालयले दिइएको सिफारिस पत्र निर्माणाधिन होटलको गेटमा टाँस गर्दै बन्द गरेका हुन् । IMG-20260322-WA0023
त्यसक्रममा रिसर्भ मित्तलले दिएको प्रमाणपत्रमा होटल निर्माणको ठेगाना मेचीनगर-१० लेखिएको छ भने निर्माणाधिन स्थल होटलको ठेगाना मेचीनगर-१४ मा पर्दछ । त्यसकारण होटल रिक्रिएशन निर्माणाधीन अवस्थामै बिवादमा परेको पाइन्छ । ठेगाना र निर्माणस्थल फरक फरक हुनु कानुनी रुपमा बिवाद बिषय हो ।
त्यसमा शंकाउपशंका उब्जिनु स्वभाबिक नै हो । जुन ठेगाना निर्धारण गरिएको छ, निर्माण पनि त्यहीँ हुनुपर्छ एक युवाले भने। यसअघिका जनप्रतिनिधि र समाजसेबीले विभिन्न बहानामा जनघनत्व बढी भएको ठाउँमा मानवीय स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पार्ने उद्योग स्थापना र नवीकरण गर्न दिँदा गाउँ नै जोखिममा पर्ने अवस्था आएको युवाहरुले निष्कर्ष निकालेका छन् । IMG-20260322-WA0031
त्यसैले आफ्नो ठाउँमा होटल तथा उद्योग बिकास निर्माण हुँदा युवाको पुर्ण सहयोग रहन्छ, त्यहाँका युवा प्रबिण भट्टराईले भने,-`कानुनी रूपमा एउटा उद्योग स्थापना भनेर दर्ता गर्ने अनि सर्वसाधारण नागरिकलाई असर पर्ने अर्कै उद्योग सञ्चालनमा ल्याउने प्रवृत्तिकै कारण युवाले सुरुमै निगारानी बढाएको हो, राम्रो कुरामा सधैं साथ दिन्छौं ।´
पाथीभरा टोल बिकास समितिका अध्यक्ष मानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भेलामा प्रबिण भट्टराई, बासुदेव राजबंशी, दिवस भट्टराई रोहित मिश्र, राजेश राजबंशी, सागर अधिकारी, जीवन प्रसाईं, किशोर लामिछाने, बिन्दा प्रसाईं, तुलसी लामिछानेलगायतले बिषय उठान गरेका थिए । कार्यक्रमको सहजीकरण प्रकाश उप्रेतीले गरेका थिए ।
१६ घण्टा बाढीमा परेका ३८ जनाको नेपाली सेनाद्वारा उद्दार २१ घण्टा सहयोगी मनहरू नेपालद्वारा ३० जना ज्येष्ठ नागरिक सम्मानित २२ घण्टा वैकल्पिक सडकमा तीन दिनदेखि अलपत्र यात्रु हेटौँडा पुगे २२ घण्टा बूढीगण्डकीमा आकस्मिक बाढी: आरुघाट बजार खाली गराइयो २३ घण्टा काठमाडौं-हेटौंडामा ३६ घण्टा यातायात अवरुद्ध: एकसय बढी यात्रुबहाकमा सवार हजारौं यात्रु अलपत्र असोज २२, २०८३ अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा असोज २२, २०८३ स्वास्थ्य बीमा कार्यक्रममा नक्कली दाबीलाई घटाउन स्वास्थ्य बीमा बोर्डले नयाँ योजना ल्याउने असोज २२, २०८३ पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश असोज २२, २०८३ बलिउड अभिनेता नाना पाटेकरको निधन असोज २२, २०८३ चाडपर्व लक्षित बजार अनुगमन तीव्र, व्यवसायी सतर्क असोज २२, २०८३ देशका विभिन्न ठाउँमा मध्यम बर्षा हुँदै असोज २१, २०८३ झापा प्रहरीद्वारा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौतासहित बैठक सम्पन्न असोज २१, २०८३ बिर्तामोडका दुई वटा फर्निचर उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट असोज २०, २०८३ इन्टरनेट सेवा प्रदायक संघद्वारा सस्तो र कमस्पिडका प्याकेज बन्द गर्ने निर्णय असोज २०, २०८३ कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित असोज २०, २०८३ नेपालमा लागुऔषध भित्र्याउने दुई भारतीय नागरिकलाई भारत प्रहरीद्वारा पक्राउ असोज २०, २०८३ कांग्रेसमा गुरु–चेलाको भिडन्त, सभापतिमा खड्गी र थापा आमनेसामने असोज २०, २०८३ महान् पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने सरकारको निर्णय असोज १९, २०८३ झापा प्रशासनमा प्रबिधिको प्रयोग: घरबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको अवस्था बुझ्न सकिने असोज १९, २०८३ ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण चारआलीमा दुर्घटनाको जोखिम बढ्यो असोज १९, २०८३ नुवाकोटका बाढीपीडितलाई ख्रीष्टियनले ३ लाखबढीको राहत सामग्री प्रदान गर्ने असोज १९, २०८३ ५० करोड बढीको शेयर पुजीँ लक्ष्यसहित सिम्रिकको इकाइगत साधारणसभा सम्पन्न असोज १८, २०८३ शाखा कार्यालयलाई जिम्मेवार नबनाए खारेजी गर्ने वैदेशिक रोजगार बिभागको चेतावनी असोज १८, २०८३ मध्यरातमा १० वर्षीया बालिका अपहरण: गोली चलाएर अपरणकारी पक्राउ असोज १७, २०८३ हरेक नागरिकलाई आवासको सुनिश्चित गर्न नयाँ भवन विधेयक दर्ता
01 चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक मेचेको निधन 02 अस्ट्रेलियाको सिड्नीमा झापा मेचीनगरकी दिक्षाको हत्या कि मृत्यु ? 03 बुढानिलकण्ठमै मुर्तीकला बिषयमा स्नातकोत्तर गर्ने पहिलो ब्यक्ति- श्यामकृष्ण श्रेष्ठ 04 लाल भागिरथा बानियाँ प्रतिष्ठानले झापाका डाक्टरसहित तीनजना प्रतिभा पुरस्कृत गर्ने 05 चारआलीमा`लुगा कलेक्सन´बम्पर छुट अफरसहित शुभारम्भ 06 प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री पदयात्राको तयारी 07 समस्याका बीच पनि खुल्दै छन् होटल एण्ड रेस्टुरेन्ट 08 मेचीनगरको एक होटलमा आगलागी, आठ लाखबढीको क्षति 09 मेचीडाँगीमा पहिलो पटक महोत्सवको तयारी 10 अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र ब्यवसायिक प्यानलको उम्मेद्वारी घोषणा 11 अलबिदा ! साली तुलसामाया (दीक्षा) 12 `जनशक्ति भन्दा प्रविधिमैत्री ट्राफिक ब्यवस्थापन आवस्यक छ´ 13 मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले बाँस्कोटाको मृत्यु 14 कालीका आधारभुत विद्यालयमा बालमैत्री कक्षाको ब्यवस्था 15 हात्तीको आक्रमणबाट मेचीनगरका सुवेदी घाइते 16 अत्याधिक गर्मीले झापामा तीन जनाको मृत्यु 17 जमिन फिर्ता गर्न मेचीनगरकी देबी भण्डारीद्वारा सरोकारवलालाई आग्रह 18 नेपाल चिकित्सक संघद्वारा देशभरका स्वास्थ्य संस्था आकस्मिकबाहेकका सेवा बन्द 19 नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य 20 ४८ घण्टामा सुधार नगरे मेचीनगरमा कर्मचारीलाई रोक लगाउने चेतावनी 21 अन्तरकृया गरेर नारी सञ्चार गृहको १२ औँ स्थापना दिवस मनाइयो 22 नरेन्द्र मैनालीको घरमा दुर्गा प्रसाईंका दाजु महेन्द्रको शंकास्पद मृत्यु 23 यात्रुबहाक बसलाई ब्यवस्थित गर्न चैत १ देखि देशब्यापी अभियान सुरु गर्ने 24 बिर्तामोडमा`यस-डी बुसान एजुकेसन कन्सल्टेन्सी´को मुख्य कार्यालय स्थापना 25 मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु