`आमा´ शब्द आफैमा काफी छ । संसारमा सबैभन्दा प्यारो शब्द हो `आमा´। मानव मात्रै होइन सबै प्राणीमा आमाको महत्त्व धैरै छ । जुनसुकै प्राणीको जन्ममा अभिभावकद्वय आमा र बुवाको योगदान अपरिहार्य हुन्छ । आमाले गर्भधारण गर्नुपर्ने हुँदा बुवाभन्दा बढी ब्यथा, कष्टदायी जीवन जिउन बाध्य हुनैपर्ने भएकाले आमाको महत्त्व छुट्टै पाइन्छ । शरीरको महत्त्वपूर्ण अंग मुटुबाट सन्तानस्वरुप अर्को मुटु निर्माण गर्नेमात्रै होइन नयाँ आमाले ९ महिना गर्भमा राखेर पिताको प्रत्यक्ष रेखदेखमा उसको मुटुको टुक्राझैं  ‘सन्तान’ भएर जन्मन्छ र उसका हरेक सेकेण्ड आमा-बुवाको संरक्षकत्वमा अगाडि बढिरहन्छ । Screenshot_20260402_181913_Gallery

गत चैत १५ गते अपरान्हपछि श्रीमति जिको फोन आयो । फोन रिसिभ गर्दा आमाको पेट सार्है दुखेर समस्या भएको सुने । प्रेस क्लब मेचीनगरमा रहेको मैले साथीहरुलाई जानकारी गराउँदै पुष्कर र म बाटो लाग्यौं । घर पुगेँ । बढी दुखाईकै कारण आमा-घोप्टो परेर पेट मिचिमिची `अआइँया´ हँ हँ हुनुभएको थियो । अरुबेला स-सानो बिषय वा पीडा पर्दा पनि नसुनाउँने आमाको छेउमा पुगेँ अनि सोधेँ-`आमा सार्है पीडा भयो ? जाउँ अस्पताल।´ दुखाईको मलिम अनुहारमा भन्नुभयो,-`यस्तै दुखाई हो भने त के हो के हो !´ आमाको स्वास्थ्य सुधार गर्न अस्पताल लाने तयारी थालियो ।IMG_20260330_061116 बिएण्डसी अस्पतालको इमेर्जेन्सीबाट स्वास्थ्य चेक सुरुभयो । अस्पतालमा संलग्न चिकित्सकले सुरुमा पेट दुखाईले निकै पीडालाई कम गर्ने औंषधि दिँदा पनि आमाको प्रेसर २२०/११० भएको थियो ।स्वास्थ्य परीक्षणपछि अस्पतालमा भर्ना गरियो । कार्डियो बिभागको आइसियुलेशन कक्षबाट आमाको उपचार अघि बढाउँदा पनि आमाको अनुहार पिडादायिक मुद्रामै थियो । उपचारमा संलग्न चिकित्सक डा. उमेश यादवले आतिनु नपर्ने अवस्था भनेपछि हामी पाँच जना सन्तानमा धैर्यता बढेको थियो । आमाको स्वास्थोवस्था क्रमिक रुपमा सुधार हुँदै आयो । चार दिन-तीन रातपछि चैत १८ गते ४ बजे डिस्चार्ज गरेर आमालाई घर ल्यायौं । आमाले आज चैत १९ गते बिहान बोलाउँदै भन्नुभयो-`आज तेरो जन्मदिन हो छोरा ।´

आमा बिरामी हुँदा तीन रात चारदिनको कुरुवापछी शरीरमा राप-ताप बढेको महशुस भएको छ । मलाई यो धर्तिमा कर्ममा पठाउनुहुने इश्वररुपी जन्मदाता आमा शान्ता र बुबा युवराज उप्रेतीलाई सधैं नमन, ढोग तथा आदारसम्मानसहित मेरो जन्मदिनको दिन फोन सम्बाद, सामाजिक सन्जाल एबम् भेटेर शुभकामना व्यक्त गर्नुहुने पत्नि, आफन्तजन, अग्रज तथा समकालीन पत्रकार एबम् आत्मीय मित्रहरुमा हार्दिक आभार व्यक्त गर्दछु । IMG-20260402-WA0015अझ बढी प्रेस क्लब मेचीनगरले अपरान्हपछि रुद्राक्ष मालासहित सुभेक्षा र केक सरप्राइज दिनुहुने पारु उप्रेती बहिनीले मेरो जन्मदिनमा उत्साह थपिदिनुभएको छ । प्रेस क्लबका अध्यक्षसहित पदाधिकारी पत्रकार महासंघ झापाका अध्यक्ष लगायत सबैप्रती आभारी छु ।