अर्जुनधारा । झापाको अर्जुनधारा–१ मदनपुरमा बिहीबार राति म्याजिक भेन र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा म्याजिक चालक ४४ वर्षीय नेत्रबहादुर खत्री र मोटरसाइकल चालक २१ वर्षीय आकाश लिम्बू घाइते भएका हुन् । दुवैको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।























































