झापा । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा बुद्धशान्ति गाउँपालिका–३ ज्ञानबहादुर घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञानबहादुरले बुद्धशान्तिकै ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पश्चात थप अनुसन्धानलाई अगाडि बढाइएकाे इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएकाे छ ।