झापा । सांसद कालीबहादुर सहकारीले ग्यासभित्र लेदो भएको सन्दर्भमा प्रश्न उठाएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भरी सिलिन्डर लामो समय टिकेको र आधा सिलिन्डर लिँदा लेदो भएको कारण छोटो समयमा सकिएको तर्क गरे । उनले प्रश्न  गरे, 'ग्यास सिलिन्डरभित्र लेदो कसरी हुन्छ ? लेदो हुनुमा ग्यास उद्योगको नियतका कारण हो कि, कसको ? यस सन्दर्भमा किन अनुगमन हुँदैन ?'