झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटी गाउँमा अटो र ट्याक्टर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । बाह्रकोटी गाउँस्थित भित्री सडकखण्डमा मे. १ ह. ३८४२ नम्बरको अटो र मे. १ त. ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार पाँचजना घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा झापा गाउँपालिका–४ भामटोली बस्ने ३५ वर्षीया सुखी बिवीको उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।























































