चारआली । झापाको मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित ओझा होटलमा एक महिलालाई जबरजस्ती करणी गरी भारत भागेका ललितपुर महानगरपालिका वडा नं.१६ बस्ने ४७ वर्षीय प्रवेक डंगोल पक्राउ परेका छन् ।
हिजो दिउँसो ३ बजे भारतबाट नेपालतर्फ आउँदै गर्दा काँकडभिट्टा बसपार्कमा उनलाई पक्राउ गरिएको हो । डंगोल भारतबाट नेपालतर्फ आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पाँच महिनाअघि गत फागुन २५ गते राति मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए ।