काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ । प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ । सो जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरे।























































